सागर पोख्रेल
कावासोती, मंसिर ७
आन्तरीक एवम् वाह्य पर्यटकियको गन्तव्य बन्न पुगेको नवलपुरको पर्यटकिय क्षेत्र अमलटारी होमस्टेमा पर्यटनको आगमन बढ्न थालेको छ। कोभिट–१९ का कारण बन्द रहेको जिल्लाका अमलटारी सहितका अन्य होमस्टे र होटलहरुमा पर्यटक आउन थालेका छन ।
कोभिड –१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटकको चहल पहल शुरु भएको हो ।
गत अशोज सम्म घरबास बन्द रहेकोमा अशोज १५ गतेबाट खुल्ला भएपनि कहिलेकाहीँ दुई चार जना आउन थालेका थिए । यतिबेला भने दैनिक २०–२५ जना पर्यटक आउन थालेको अमलटारी होमस्टेका व्यवस्थापक धनीराम गुरौले जानकारी दिए ।
होमस्टे क्षेत्र भित्र निर्माण गरीएको बन्यजन्तुको स्टाच्यु सहितको पार्क निर्माण भएसगै नजीकका पर्यटकहरु अहिले बढी आउने गरेको व्यावस्थापक गुरौले जानकारी दिनुभयो ।
कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्र्याउनलाई उत्साहित भए पनि पर्यटक नआउँदा निरास बनेका यहाँका घरबास सञ्चालक आन्तरिक पर्यटक आउन थालेपछि खुशी हुन थालेको अमलटारी होमस्टेका अध्यक्ष एवम् कावासोती नगरपालीकाका उप प्रमुख प्रेमशंकर मर्दनिया थारुको भनाइ छ ।
मर्दनियाका अनुसार कोरना भाइरसका कारण सिथिल बनेको पर्यटन व्यावसाय पर्यटक आगमनमा वृद्धि हुँदै गएपछि केही राहत पुुगेको बताउनुभयो । दैनिक एकसयको सख्इामा पर्यटक आउने यस होमस्टेमा कोरनाको कारण हाल दैनिक २०–२५ जना मात्र आउन थालेका छन ।
गत बर्षमात्र नेपाली १२ हजार ४ सय ४०, सार्क देशका ९५, तेस्रो देशबाट ४ सय पर्यटक आएका गुरौंले जानकारी दिए बर्षको गत माघ महिनामा मात्रै ४ हजार पर्यटक आएको गुरौंको भनाइ
होमस्टे मात्र हैन, पर्यटकीय केन्द्र अमलटारीमा मझौला रेष्टुरेण्टदेखि ठूलठूला होटलसमेत पर्यटक आउन थालेका छन ।
दिउँसो वन्यजन्तुको अवलोकनपछि पर्यटकलाई साँझ थारू र बोटे जातिको सांस्कृतिक नाच हेर्नका लागी पर्यटक आउने गर्दछन । यहाँ पाहुनाको स्वागत र मनोरञ्जनका लागि थारु र बोटेको संस्कृति झल्कने थारुको लाठी, झुमरा र जोगेडा तथा बोटेको गोलेनी नाच देखाउने गरीन्छ ।
२०७२ सालमा नेपाल सरकारको संस्कृती पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयले पर्यटन पूर्वाधार विकासको काम गर्दै आएका होमस्टे मध्ये अमलटारी होम स्टेलाई नेपालकै उत्कृष्ट घरवास (होमस्टे) नेपालको घोषणा भएर सरकारबाट पुरस्कार समेत जित्न सफल भएको हो ।
देशभरीकै घरवास (होमस्टे) मध्ये यस उत्कृष्ट भएपछि एक लाख १ हजार नगद र सम्मानपत्रसहित वर्ष २०७२ को उत्कृष्ट होम स्टे घोषणा समेत भएको थियो ।

SHARE