पश्चिम सेक्टर कार्यालय अगाडि नार लगाउदै स्थानिय ।
सागर पोख्रेल
कावासोती, मंसिर, ०७
चितवन निकुञ्ज पश्चिम सेक्टर कार्यालयले पक्राउ गरेका ३२ जनालाई गाउलेले मुल ढोका फोरी घर लगेका छन । सनिबार राती माछा मर्न गएका ३२ जनालाई निकुञ्जले पक्राउ गरेको भन्दै चितवन निकुञ्ज पश्चिम सेक्टर कार्यालयले पक्राउ गरी चितवन निकुञ्ज पश्चिम सेक्टर कार्यालयमा राखेको थियो । माछा मार्न गएकालाई नियन्त्रणमा लीई कसरा पठाउन लागेपछि स्थानियले पश्चिम सेक्टर कार्यालय  घेर्न गएका स्थानीयले कार्यालयको गेट भत्काएर उनीहरूलाई छुटाएका छन् ।
शनिबार राति नारायणीमा माछा मार्न गएका अमलटारी गाउँका स्थानीयलाई निकुञ्जले मध्यरातमा घरघर गएर पक्राउ गरेको थियो । कावासोती नगरपालिका–१५ का स्थानीयलाई निकुञ्जले पक्राउ गरेको हो । पक्राउ परेका स्थानीय गुन्द्रही ढकाहा मध्यवर्ती क्षेत्रका बासिन्दा हुन् ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान गर्न र कारबाही गर्न कसरा पठाउने भएपछि यहाँका बोटे माझीले निकुञ्ज कार्यालय घेराउ गरेर उनीहरुलाई बाहिर निकालेका हुन् ।
कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले माछा मार्न गएका गाउँलेलाई बिनाा कसुर पक्राउ गरेको विरोधमा स्थानीयहरुले स्वतस्फुर्त रुपमा निकुञ्ज कार्यालय घेराउ गरेर सबैलाई छुटाएर लगेको बताए ।
नारायणी  तटिय क्षेत्रमा बस्ने बोटे, माझी र मुसहरहरुले नारायणी नदीमा माछा मारेर  जिविकोपार्जन गर्दे आइरहने गर्दछन । संरक्षकमी एवम पर्यटन व्यावसायी समेत रहेका उपमेयर मर्दनियाले जरिवाना गरेर छोडिदिन निकुञ्ज कार्यालयलाई आग्रह गर्दा नमानेपछि गाउँलले कार्यालय गएर सबैलाई लगेको जानकारी दिए ।
निकुन्ज कार्यालय पश्चिम सेक्टर कार्यालयले उनीहरुलाई निकुन्जभित्रैबाट पक्राउ गरिएको जानकारी दियो । माछा मार्ने बहानामा निकुञ्जभित्र प्रवेश गरेका र त्यहीँ रात बिताएको अवस्थामा उनीहरुलाई गस्ती टोलीले पक्राउ गरेको निकुञ्ज कार्यालयको भनाइ छ ।
गुन्द्राही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नर बहादुर महतोले बाेेटेे समुदाय बन र नदिमा अाश्रीत हुने बतााए ।  पश्चिम सेक्टर कार्यालयले विगत देखीनै न्युरो टिप्न जाने र माछा मार्न जाने आश्रीत समुदायलाई पक्राउ गरेर दुःख दिने गरेको बेेटेे समुुदायले  पक्राउ परेका स्थानीय छुटाउन अमलटारीका गाउँलेले कार्यालयको गेट फोरेर सबैलाई निकालेर आइतबार बिहान घरघर पठाएका छन् ।

पश्चिम सेक्टर कार्यालय अगाडि नार लगाउदै स्थानिय
स्थानियले निकुञ्ज कार्यालयकाे ढाेक ताेडेर अाफ्ना परिवारका सदस्य लैजादै ।
SHARE