९ मंसीर, नवलपुर ।

नेपाली कांग्रेसका सह–महामन्त्री एवं पुर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको महाधिवेशन फागुनमै गर्न चुनौती रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डा. महतले कोरोनाका कारण ५ महिनासम्म भएको पुरै बन्दाबन्दीका कारण पार्टीले महाधिवेशनका लागी गर्नुपर्ने सबै गृहकार्य तथा पूर्वाधार सहितको तयारी गर्न नसकेकाले फागुनमै गर्न नसकिने बताउनुभएको हो ।

डा. महतले देशको बर्तमान अवस्थामा विकसित भएको राजनैतिक गतिविधीमा कांग्रेस सरकारमा जाने भन्ने चर्चा निराधार भएको भन्दै प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष शेरवहादुर देउवाबीचको भेटवार्ता नियमितताको निरन्तरता भएको बताउनुभएको हो ।

उहाँले वर्तमान सरकार असफल भएको तर व्यवस्था र प्रणाली भने राम्रो भएको जिकिर गर्दै नेपाली कांग्रेस राजसंस्थाको पक्षमा नरहेकोसमेत बताउनु भएको छ ।

जनता समाचार डट कमबाट

SHARE