सागर पोख्रेल
पुष ०९
उद्योग बाणिज्य महांसघ गण्डकी प्रदेशको यही पौष ११ र १२ गते पोखरामा दोस्रो अधिवेशन तय सगै प्रदेशका विभिन्न बाणिज्य संधले आ आफ्ना उमेद्वार धोषण गर्दे मतदाता भेटधाटलाई तिब्रता दिएका छन ।
उद्योग बाणिज्य महांसघ गण्डकी प्रदेशमा कान्छो जिल्लाको रुपमा चिनीने नवलपुर जिल्लाको सदरमुकाममा रहेको नवलपुर उद्योग बाणिज्य संघले जिल्ला नगर तर्फको उपाध्यक्ष पदमा उमेद्वारी धोषणा गरे सगै मतदाता भेटधाटलाई तिब्रता दिएको छ ।
नवलपुर उद्योग बाणिज्य संघले संस्थाका नि वर्तमान अध्यक्ष ओम प्रसाद पौडेलललाई उद्योग बाणिज्य महांसघ गण्डकी प्रदेशको जिल्ला नगर तर्फको उपाध्यक्ष पदमा मत माग्दै प्रदेशका विभिन्न शाखामा पुगेका छन । पौडेललाई मत माग्दै नवलपुर उद्योग बाणिज्य संघ र देवचुली उद्योग बाणिज्य संघका पदाधिकारी शाखा दौडाहामा लागेका छन ।
यसै बीच आज ( बिहिबार) गोर्खा उद्योग बाणिज्य संघ , गोर्खा लगायतको शाखा भ्रमण र उपाध्यक्ष पदका उमेद्वार परीचय कार्यक्रम सम्पन्न गरीएको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले जानकारी दिनुभयो ।
शाखा भ्रमण र उपाध्यक्ष पदका उमेद्वार परीचय कार्यक्रममा उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका लागि जिल्ला नगर पदका उमेद्वार एवम् नवलपुर उद्योग बाणिज्य संघका नि वर्तमान अध्यक्ष ओम प्रसाद पौडेल, शाखा अध्यक्ष डासुराज पोख्रेल, देवचुली उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष धर्म बस्या र देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशम सापकोटा सहभागी रहेका नवलपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष गोविन्द क्षेत्रीले जानकारी दिनुभयो ।

SHARE