सामर्थ्य डेक्स
पुस १४, कावासाेति

नवलपुर उधाेग बाणिज्य संघ, नवलपुरले गत पुस ११ र १२ गते पाेखरामा सम्पन्न चाैथाे साधारणसभा एवम् दाेस्ाे अधिवेशनबाट जिल्ला / नगरका उपाध्यक्ष पदमा निर्वाचित नवलपुर उधाेग बाणिज्य संधका नि वर्तमान अध्यक्ष अाेम प्रसाद पाैडेललाई अाज स्वागत, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
उपाध्यक्ष पाैडेललाई संस्थाकाे कार्यालयमा स्वागत, सम्मान एवम् बधाई कार्यक्रम सम्पन्न गरेको हाे । उपाध्यक्ष पाैडेललाई संस्थाले सम्मान पत्र सहित दाेसल्ला अाेडाई सम्मान गरेको छ ।
बधाई तथा शुभकामना कार्यक्रममा नवलपुर उधाेग बाणिज्य संधका सल्लाहकारहरु शालिकराम ढकाल, बिष्णु भुसाल, महेन्द्र पाेखरेल, चेतनाथ पाेखरेल र लिला भण्डारीले शब्दद्वारा र खादा अाेडाएर सम्मान गर्नुभएकाे थियाे ।
बधाई तथा शुभकामना कार्यक्रममा बाेल्दै नेपाल उधाेग बाणिज्य महासंध गण्डकी प्रदेशका उपाध्यक्ष अाेम प्रसाद पाैडेलले काेरनाका कारण थला परेका उधाेग धन्दाकाे विकास र प्रवद्धन गर्न लागि पर्ने बताउनु भयाे ।
साथै उहाले समग्र गण्डकी प्रदेश भित्र रहेका साना वा ठुला उधाेगधन्दा , पर्यटन, कृषि र व्यापारमा उर्जा थप्ने कार्य गर्ने प्रतिवद्धता व्याक्त गर्दै अाफुलाई नेपाल उधाेग बाणिज्य महासंघकाे गण्डकी प्रदेश जिल्ला / नगर काे उपाध्यक्ष पदमा सर्व सम्मत रुपमा उमेद्वार बनाउने निर्णय गरि सर्वसम्मत रुपमा निर्वाचित गराउन मातृ उधाेग बाणिज्य संघका अध्यक्ष डासुराज पाेखरेल सहित पदाधिकारी , कार्य समिति सदस्य , सल्लाहकार सहित छिमेकी उधाेग बाणिज्य संघहरु , प्रदेशका जिल्ला / नगरका अध्यक्ष , गण्डकी प्रदेश भित्रका केन्द्रीय सदस्य सबै प्रती अाभार प्रकट गर्नुभएकाे थियाे ।
कार्यक्रम नवलपुर उधाेग बाणिज्य संघका अध्यक्ष डासुराज पाेखरेलकाे अध्यक्ष्ातामा सम्पन्न भएकाे थियाे ।

SHARE