कावासोती, पुष २०
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले
प्रधानमन्त्री के पि शर्मा ओलीले पुर्व राजा महेन्द्रले भन्दा बढि संबैधानीक ‘कु’ गरेको बताएका छन । २०१५ सालको संविधानमा बरु संविधान भन्दा माथी राजालाई राखेकोले तत्कालीन समयमा राजाले संसद विद्यटन गरेको बताउदै बर्तमान अवस्थामा संविधानमै नभएको कार्य गरी प्रधानमन्त्री ओलीले संबैधानीक ‘कु’ गरेको बताए । जनताबाट निर्वाचित जनताको अभिमत लिएरका सभाषद्बाट बनाईएको संविधान अनुरुप बनेको ससद विधटन गर्नु असवैधानिक कदम , संबैधानीक ‘कु’ भएको आज नेपाल कम्युनिष्ट पाटी एमाले जिल्ला कमिटी (दाहाल– नेपाल समुह) द्धारा आयोजीत अगुवा कार्यकर्ता भेलामा बताए ।
नेता भुसालले प्रधानमन्त्री ओलीले मन्त्री बनाउदा गुठको व्याक्ति हो हैन भनी डिएनए परिक्षण गरेर आफ्ना नजीकका व्यात्तिःलाइ मन्त्री बनाउने र आफैले सरकारलाई काम गर्न नदिएको भन्नु जनता ठग्ने भनाई मात्र रहेको बताए ।
नेता भुसालले प्रधानमन्त्री के पी शर्मा ओली प्रति लक्षीत गर्दै जनताको बहुदलिय जनबाद भनेको आम नागरीकको अभिमतको कदर गर्दै समृद्ध नेपाल निर्माण गर्नुपर्नेमा चुनाव देखि चुनाव सम्मलाई जनताको बहुदलिय जनवाद बुझ्नु ओलिको सिद्धान्त रहेको बताए ।
निवर्तमान कृषि तथा पशुपंंक्षी विकासमन्त्री समेत रहेका भुसालले संसद व्युताए मात्र पाटि एकता हुन सक्ने बताएका छन । संसद पुनस्थापना गरे सबै बिषयमा संसदमा छलपल गर्न सकिने बताउदै संसद पुर्नस्थापना नभए सिङ्गो देश नै भठ्खालोमा जाने बतउनु भयो ।
नेता भुसालले भने “जनप्रतिनिधिले बनाएको संविधानलाइ लत्याएर आफु खुसी केन्द्रीय सदस्य , मन्त्री बनाएर , राजनैतिक नियुक्ति गरेर , हुदै नहुने निर्वाचनको अहिल्यै टिकट बाढेर देशको विकास नहुने बताए ।”
भुसालले बैशाखमा कुनै हालतमा निर्वाचन हुन नसक्ने बताएका छन् । भुसालले मध्यावधि निर्वाचन गर्नका लागि नभई देखाउन मात्र घोषणा गरिएको उनको भनाइ छ । भुसालले निर्वाचनमा जाने प्रक्रिया र बाटो नै गलत रोजिएकाले बैशाखमा निर्वाचन हुने कुरा पत्याउनै नसकिने बताए । भुसालले भने, ‘निर्वाचन गर्नका लागि निर्वाचन घोषणा गरिएको होइन, बैशाखमा निर्वाचन हुन्छ भनेर कसैले पत्याउँछ र ?’ भुसालले बैशाखअघि नै प्रतिनिधिसभा पुनर्स्थापना हुने समेत दाबी गरे ।
भुसालले प्रधानमन्त्रीप्रति संकेत गर्दै जसले संसद विघटन गर्याे उसैले निर्वाचन गर्छु भन्नु कुनै हालमा पत्याउनै नसकिने बताए उनले तत्काल संसद पुर्नस्थापना नभए मुलुकमा अस्थिरता पैदा हुन सक्ने उनको भनाई थियो ।

SHARE