सामर्थ्य डेक्स, पुस २६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता ठाकुर गैह्रेले अाेली समूहले देशैभरि भ्रमकाे खेति गरेकाे बताएका छन् । गाउँ गाउँमा वडाध्यक्षदेखि मेयर, उपमेहर , सांसद र मन्त्रिसम्मकाे टिकट बाँडेर अाेलि समूहले कम्युनिष्ट नितिकाे धज्जी उडाएकाे बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरकाे दाहाल-नेपाल समूह निकटका जनवर्गीय संगठनहरूकाे चाेरमारामा भएकाे भेला तथा प्रशिक्षण कार्यक्रममा उनले उक्त भनाई राखेका हुन् ।
एमाले एमाले एकातिर, माअाेवादी माअाेवादी एकातिर भनेर पनि भ्रम फैलाईएकाे छ । दुवै दल त पहिले नै विघटन भईसकेकाे र नेकपा बनेकाे हाे । नेकपाकै व्यानरमा एमाले एमाले भनेर हिड्नेहरूले एमालेकै व्यानरमा कार्यक्रम गर्न सुझाव दिए । जतिसुकै सेटिङ्ग मिलाएकाे भए पनि अन्तत: अाेलीले गरेकाे प्रतिगमनकाे विरूद्ध जनताले सडकबाट उल्टाउने बताएका थिए । कार्यक्रममा नेकपा केन्द्रिय सदस्य किसन शर्मा गैरे, केन्द्रिय सदस्य रविन्द्र अधिकारी , संविधान सभा सदस्य कृष्ण पौडेल , नेकपा जिल्ला कमिटी सचिव मित्रशरण शर्मा (बिहानी)ले प्रशिक्षण मन्तव्य राखेका थिए । साे कार्यक्रममा जानू पूर्व युवा तथा विद्यार्थीहरूले कावासाेतीमा अाेली समूहकाे कार्यक्रममा टाेपबहादुर रायमाझी अाउने भएपछि चाेक चाेकमा कालाे झण्डा, विराेध व्यानर र कालाे बेलुन समेत उडाएका थिए ।चाेरमारामा भएकाे प्रशिक्षण कार्यक्रममा विभिन्न जनवर्गीय संगठनका उपस्थिति रहेको   थियाे ।

SHARE