नवलपुुुर—                                                          नेकपा अध्यक्ष पुष्पकमल दाहाल समूहबाट अर्का अध्यक्ष केपी ओली समूहमा लागेका उर्जा मन्त्री टोपबहादुर रायमाझीले दाहालले पहिले नै पार्टी फुटाउन खोजेको बताएका छन् । कावासोतीमा आइतबार आयोजित अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै रायमाझीले दाहालले जुन पार्टीमा गयो त्यसैलाई विघटन गराउने प्रवृत्ति रहेको भन्दै उनले पार्टी एकता भएदेखि नै फुटाउने प्रयास गरेको बताए ।
‘तर, प्रचण्डले पूर्व एमालेलाई फुटाउन खोज्दा आफ्नै माओवादीभित्र फुट आएको मेसो पाउनु भएन,’ उनले भने । उनले दाहालको राजनीतिमा परिवारवाद हावी भएको पनि बताए ।
आफ्नै पार्टीको सरकारले गरेका राम्रा कामको प्रचार नगरी विरोधमात्रै गरेको पनि उनले बताए । ‘प्रचण्डले सधैँ आफूलाई केन्द्रमा राखेर राजनीति गर्ने गरेको पछिल्लो घटनाक्रमले पुष्टि गरेको छ,’ उनले संचारकर्मीहरुसँग भने ।

SHARE